Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य 

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य 

  • चैत्र ३, २०७७ मंगलवार २०:३० बजे
  • 912
    SHARES
  • फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य 

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पुनःवृद्धि गरेको छ ।

    दुई साताअघि दुई रुपैयाँ बढाएको निगमले भारतीय आयल निगमबाट प्राप्त मूल्यअनुसार पुनः चैत ३ गते राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ वृद्धि गरेको हो ।

    अब पेट्रोल प्रतिलिटर ११८ रुपैयाँ र डिजेल तथा मट्टितेल १०१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ । यस्तै आन्तरिक उडानतर्फ हवाई ईन्धनको ७४ रुपैयाँ प्रतिलिटर कायम गरेको छ ।

    एलपी ग्यास तथा अन्तर्राट्रिय उडानतर्फ हवाई ईन्धनको  मूल्य भने यथावत् नै रहेको छ । यो वृद्धिले पनि निगम घाटामै रहेको  निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    oilnigan.JPG

  • सम्बन्धित विषय:

  • # मूल्य वृद्धि

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij