वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा २९ हजार ६१६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतमा केही दिनयता दैनिक संक्रमित थपिने क्रममा केही घटबढ जारी छ ।
यो अवधिमा २८ हजार ४६ जना संक्रमित निको भएको र २९० जना संक्रमितको निधन भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले भारतमा सक्रमणमुक्त हुने दर ९७.७८ प्रतिशत पुगेको छ ।
शुक्रबार साँझसम्म थपिएका नयाँ संक्रमितसमेत भारतमा हाल सक्रिय संक्रमितको संख्या तीन लाख एक हजार ४४२ पुगेको छ ।
हालसम्म भारतमा चार लाख ४६ हजार ६५८ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।
त्यसैगरी भारतमा शुक्रबार साँझसम्म खोप लगाउनेको संख्या ८४ करोड ८९ लाख २९ हजार १६० पुगेको छ । भारतले खोप अभियानलाई आक्रमक ढंगले अघि बढाएको छ । एकैदिन साढे २ लाखलाई खोप लगाएर भारतले रेकर्डसमेत कायम गरेको छ । कोरोना संक्रमण रोकथामका लागि खोप अभियान तीव्र बनाएसँगै भारतमा संक्रमित घट्दै गएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij