Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पार्टी सभापतिका लागि म योग्य छु : प्रकाशमान सिंह 

पार्टी सभापतिका लागि म योग्य छु : प्रकाशमान सिंह 

  • 541
    SHARES
  • पार्टी सभापतिका लागि म योग्य छु : प्रकाशमान सिंह 

    काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी महाधिवशेनमा आफुलाई पार्टी सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भइरहेको बताएका छन् । 

    नेपाली कांग्रेस काठमाडौं १७ नम्बर वडा कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले आफुले पार्टीका लागि धेरै योगदान गरेको भन्दै सभापतिको लागि योग्य उम्मेद्वार भएको दावी गरे ।

    पार्टीका लागि केही नगर्नेहरु सभापतिको उम्मेद्वार हुनसक्ने तर सक्षम नेताले अवसर नपाउने अवस्था देखिएको उनले बताए । उनले राजनीति भनेको सेवाको क्षेत्र भएकाले पार्टीलाई अघि बढाउन सक्षम नेताको खाँचो रहेको उल्लेख गरे । सिंहले पार्टी सभापतिका लागि आफु सक्षम रहेको जिकिर गरे । 

    अर्काे प्रसंगमा नेता सिंहले कर छुट लगायतका काममा सरकारमा बस्नेले फाइदा लिएको हल्ला चलेको भन्दै प्रधानमन्त्रीले यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने माग गरे । 

    प्रधानमन्त्रीले चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने पनि उनले बताए । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले जनताबाट आउने प्रश्नको जवाफ दिनुपर्ने उनको भनाइ थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij