Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

के हो दीर्घ दम ? 

के हो दीर्घ दम ? 

  • 1.3K
    SHARES
  • के हो दीर्घ दम ? 

    काठमाडौं । कुनै व्यक्तिको नाक र मुखबाट श्वास जाँदा प्रदूषित भएर श्वासनलीका भित्री भित्ताहरूमा क्रिया-प्रतिक्रिया हुन्छ । क्रिया-प्रतिक्रिया हुँदा श्वासनलीका भित्ताहरू सुन्निएर स्थायी रूपमा दबिएर साना श्वाासनलीहरू साँघुरिन्छन् । 

    जसले श्वासप्रश्वास प्रक्रियामा गतिरोध भएर हामीलाई चाहिने हावा र अक्सिजन लिन सक्दैनौं । यसलाई नै दीर्घ दम भनिन्छ । धूलोधुँवाको संक्रमणमा धेरै बस्ने, वाततावरण प्रदूषण, धुम्रपान तथा लामो समयसम्म कलकारखानामा काम गर्ने व्यक्तिहरूमा यसको लक्षण हुनसक्छ ।  

    लक्षण 

    -४० वर्षभन्दा माथि उमेर भएका व्यक्तिलाई लामोे तथा लगातार समयसम्म खोकी लाग्ने, 

    -साँझ वा बिहान बढी खोकी लाग्ने,

    -खोक्दा खकार वा रगत देखा पर्ने, 

    -छाती भारी हुने,

    -छातीमा घ्यारघ्यार आवाज आउने,

    -उकालो वा सिँढी चढ्दा स्याँस्या हुने,

    -श्वास अपुग भए जस्तो हुने,

    उपचार

    दम भएमा इन्हेलर थेरापी सधैं लिइराख्नुपर्छ । चिकित्सकको रेखदेखमा औषधी तथा उपचार गर्नुपर्छ । सम्भव भए घरमै लामो समयसम्म अक्सिजन लिनुपर्छ । 

    यस रोगले धेरै सताए अस्पतालमा गएर अक्सिजन थेरापी गराउनुपर्छ । धुम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । पोषिलो खानेकुुरामा ध्यान दिनुपर्छ ।

    हरियो सागपात, माछामासु, दुधजन्य खानेकुरामा जोड दिनुपर्छ । छातीको व्यायाममा जोड दिनुपर्छ । छातीको व्यायाम चिकित्सकको सल्लाह वा निगरानीमा गरिनुपर्छ । 

    वरिष्ठ छातीरोग विशेषज्ञ डा.निरज बमसँगको कुराकानीका आधारमा

  • सम्बन्धित विषय:

  • # दीर्घ दम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij