Logo

२०८३, कार्तिक ७ गते शुक्रवार

२०८३, कार्तिक ७ गते शुक्रवार

महोत्तरीका बाढीपहिरो पीडितलाई मैत्री समाजद्वारा राहत वितरण

महोत्तरीका बाढीपहिरो पीडितलाई मैत्री समाजद्वारा राहत वितरण

  • 855
    SHARES
  • महोत्तरीका बाढीपहिरो पीडितलाई मैत्री समाजद्वारा राहत वितरण

    महोत्तरी । नेपाल भारत महिला मैत्री समाजले महोत्तरीको विभिन्न ५ स्थानीय तहमा राहत वितरण गरेको छ । भारत सरकारबाट प्राप्त सहयोग समाजले एक कार्यक्रमकोबीच ५ स्थानीय तहका करिब १२० बाढीपहिरो पीडित घर परिवारलाई राहतका रुपमा वितरण गरेको हो ।

    मटिहानी, बलबा, जलेश्वर,एकदाढा र लोहपट्टी लगायत स्थानीय तहका पीडितलाई स्थानीय प्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिएको थियो । त्यस्तै विपद व्यवस्थापनमा खटिने सुरक्षा निकायका लागि २० थान टेन्ट जिल्ला प्रशासन प्रमुखलाई हस्तान्तरण गरेका थिए ।

    पीडितहरुको अस्थायी बसोबासका लागि ठूलो टेन्ट-६६ वटा , सानो टेन्ट-४० वटा, मझौला टेन्ट-१५ वटा, त्रिपाल-१०० थान र प्लाष्टिकको गुन्द्री-२०० थानलगायत करिब ५० लाख मूल्य बराबरको सामग्री वितरण गरिएको समाजकी अध्यक्ष सांसद चन्दा चौधरीले बताइन् ।

    राहत पीडित परिवारसम्म पुग्ने उनले विश्वास ब्यक्त गरिन् । नेपाली जनताको दु:खमा जहिले पनि भारत सरकार सहयोग गर्दै आइरहेको स्मरण गर्दै अहिले पनि सहयोग गरेकोमा उनले धन्यवाद दिइन् ।

    महोत्तरी जिल्ला विपद ब्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला प्रशासन प्रमुख तीर्थराज भट्टराईले बाढीपहिरो तथा आगलागीबाट घरबारविहीनका लागि अस्थायी टेन्टलगायतका सामग्री सहयोग गरेकोमा महिला मैत्री समाज र भारत सरकारलाई धन्यवाद ब्यक्त गरे । कार्यक्रममा प्रदेश २ सांसद, जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij