वेबटिभी खबर
काठमाडौं । एल.के गुरुङ एक चर्चित गीतकार हुन् । प्रवासमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उनको ठूलो योगदान छ । उनीद्वारा रचित धेरै गीत चर्चित गायक गायिकाहरुकाे स्वरमा रेकर्ड भइसकेका छन् ।
पछिल्लो समय उनी ‘तिमी नै हौ मेरो’ बोलको गीत सार्वजनिक गर्ने तयारीमा छन् । यो गीतमा संगीत राजकुमार बगरको छ । स्वर किरन भुजेल र समीक्षा अधिकारीको रहेको छ ।
गीत छिट्टै म्युजिक भिडियोको रूपमा दर्शकश्रोतामाझ आउने गीतकार गुरुङले जानकारी दिए । उनी हाल अमेरिका बस्दै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij