Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सेरिफसँग रियल पराजित

सेरिफसँग रियल पराजित

  • आश्विन १३, २०७८ बुधवार ०८:५६ बजे
  • 489
    SHARES
  • सेरिफसँग  रियल पराजित

    काठमाडौं ।  यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल मोल्डेभाको एफसी सेरिफसँग २–१ गोल अन्तरले पराजित भएको हो  ।

    खेलको २५औँ मिनेटमा जासुरबेक याख्सिबोभले गोल गर्दै सेरिफलाई असुरुवती अग्रता दिलाए । ६५औँ मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा फर्काए । तर, खेलको ८९औँ मिनेटमा सेबास्टियन थिलले गोल गर्दै सेरिफलाई २–१ को जित दिलाए ।

    जितसँगै समूह ‘डी’को सेरिफले दुई खेमा ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ । रियल तीन अंक जोडेर दोस्रो स्थानमा छ ।

    समूह ‘डी’को अर्को खेलमा इन्टर मिलानले शाख्तर डोनेक्ट्ससँग गोलरहीत बराबरी खेलेको छ । इन्टर एक अंक जोडेर तेस्रो र शाख्तर एक अंक जोडेर पुछारमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij