Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रदेश २ मा आज महिलालाई सार्वजनिक बिदा

प्रदेश २ मा आज महिलालाई सार्वजनिक बिदा

  • आश्विन १३, २०७८ बुधवार ०९:०५ बजे
  • 500
    SHARES
  • प्रदेश २ मा आज महिलालाई सार्वजनिक बिदा

    विरगन्ज ।  आज जितिया पर्व । भगवान् जितबाहनको पूजाआजा गर्दै मनाइने एउटा विशेष पर्व हो जितिया । यस दिन महिलाहरू निर्जला अर्थात् पानीसमेत नपिई व्रत बस्छन् । 

    विशेषगरी नेपालको तराई क्षेत्रका महिलाहरूले यो पर्व मनाउने गर्छन् । प्रत्येक वर्ष आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन जितिया पर्व मनाइन्छ ।

    जितिया पर्वको अवसरमा  प्रदेश २ सरकारले आज बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गरिएको छ ।   

    भाद्र कृष्णपक्षको अष्टमी तिथिको दिन जितिया पर्व मनाउने परंपरा भए पनि यसको आरम्भ भने षष्ठी तिथिबाटै हुन्छ । यस पर्वलाई जिउतिया, जितिया, जीवित्पुत्रिका, जिमुतवाहन नामले पनि चिनिन्छ । नेपालमा मात्र नभई यो पर्व भारतमा समेत निकै धुमधामका साथ मनाइने गरिन्छ ।

    विशेषगरी विवाहित महिलाहरूले यो व्रत बस्ने परंपरा भए पनि अहिले अविवाहित महिलाले पनि व्रत बस्ने गरेका पाइन्छ । विवाहित महिलाहरू आफ्ना सन्तानको लामो आयुका लागि व्रत बस्ने गर्छन् ।

  • सम्बन्धित विषय:

  • # जितिया पर्व
  • # प्रदेश २

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij