वेबटिभी खबर
नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २३ हजार ५२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २८ हजार ७१८ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरि, संक्रमणको कारणले ३११ जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या २ लाख ७७ हजार २० रहेको छ । भारतमा हालसम्म भारतमा ८८ करोड ३४ लाख कोरोनाविरुद्धको खोप लगाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij