Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दक्षिण कोरियासँग सीधा सञ्चार सम्पर्क गर्न हटलाईन सेवा सुरु गर्दै उत्तर कोरिया

दक्षिण कोरियासँग सीधा सञ्चार सम्पर्क गर्न हटलाईन सेवा सुरु गर्दै उत्तर कोरिया

  • 534
    SHARES
  • दक्षिण कोरियासँग सीधा सञ्चार सम्पर्क गर्न हटलाईन सेवा सुरु गर्दै उत्तर कोरिया

    प्योङयाङ ।  उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग सीधा सञ्चार सम्पर्क गर्न हटलाईन सेवा सुरु गर्न लागेको बताएका छन् । उत्तरले दक्षिण कोरियासँग वार्ता गर्न तयार रहेको बताइरहेका बेला किमले हटलाईन सेवा सुरु गर्न लागेको बताएका हुन् । 

    प्योङयाङको वार्षिक संसद अधिवेशनलाई सम्बोधनका क्रममा उनले दक्षिणसँग पुनः हटलाईन सेवा गर्ने बताएका हुन् । कोरियाली प्रायद्वीपमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको बिरोधमा प्योङयाङले गत अगस्टमा हटलाईन टेलिफोन सेवा बन्द गरेको थियो । 

    उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार किम गत अगस्टमा उत्तर र दक्षिण कोरियाबीचको तिक्ततापूर्ण सम्बन्धपछि बिच्छेद गरिएको हटलाईन सेवा यही अक्टोबरदेखि खुला गर्न चाहन्छन् । हटलाईन सेवा खोल्ने वा नखोल्ने भन्ने विषय दक्षिणको रबैयामा भर पर्ने जनाइएको छ । 

    एक साताअघि किमकी वहिनीले प्योङयाङ दक्षिण कोरियासँग वार्ताका लागि तयार भएको बताएकी थिइन् । तर, त्यसका लागि दक्षिण कोरियाले शत्रुतापूर्ण व्यवहार बन्द गर्नुपर्ने उनले बताएकी थिइन् । 

    सम्बोधनका क्रममा किमले अमेरिकाले ‘शत्रुतापूर्ण नीति’ परिवर्तन नगरी वार्ताका लागि प्रस्ताव गरेको आरोप लगाए । ‘अमेरिकाले कूटनीतिक सम्बन्धवारे बारम्बार प्रचार गर्छ । तर, यो अन्तर्राष्ट्रिय समुदायलाई धोका दिने एउटा षडयन्त्र हो । अमेरिकी प्रशासनले वार्ताको बहानमा आफ्ना शत्रुतापूर्ण कार्य तीब्र पार्दै आएको छ । ’ उनले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij