Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

लेस्टर र नापोली पराजित

लेस्टर र नापोली पराजित

  • आश्विन १५, २०७८ शुक्रवार ०९:२६ बजे
  • 542
    SHARES
  • लेस्टर र नापोली पराजित

    काठमाडौं ।  युईएफए युरोपा लिग फुटबलमा लेस्टर सिटी र नापोली पराजित भएका छन् । बिहीबार राति भएको समूह ‘सी’को खेलमा इंग्लिस क्लब लेष्टर र इटालियन क्लब नापोली पराजित भएका हुन् । 

    लेष्टर पोलिस क्लब लेगिया वार्सजावासँग १–० गोल अन्तरले पराजित भयो । बार्सजावालाई जित दिलाउन माहिर इम्रेलीले खेलको ३१ मिनेटमा निर्णायक गोल गरे ।  अर्को खेलमा इटालियन क्लब नापोली स्पार्टक मस्कोसँग ३–२ गोल अन्तरले पराजित भएको छ । 

    जितसँगै समूह ‘सी’ मा वार्सजावा २ खेलबाट ६ अंक बनाउँदै शीर्ष स्थानमा छ । मस्को ३ अंक जोडेर दोस्रो स्थानमा रह्यो । नापोली १ अंक जोडेर चौथो स्थानमा छ । यता, १ अंक जोडेको लेस्टर पुछारमा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij