Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कांग्रेस कालीकोट सभापति शाही

कांग्रेस कालीकोट सभापति शाही

  • आश्विन १८, २०७८ सोमवार ०८:५७ बजे
  • 551
    SHARES
  • कांग्रेस कालीकोट सभापति शाही

    सुर्खेत । नेपाली कांग्रेस कालीकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही चयन भएका छन् ।  सातौँ जिल्ला अधिवेशनबाट उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही 'घमन' तथा सचिवमा नगेन्द्र विष्ट र मात्रिका सिंह चयन भएका हुन् ।

    अन्य पदाधिकारी र महासमिति सदस्य पनि सहमतिमा चयन गर्ने प्रयास भइरहेको कांग्रेस कालीकोटका सचिव नगेन्द्र विष्टले बताए । 

    सभापति शाही कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने उपसभापति बोगटी प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पक्षका हुन् । अर्का उपसभापति शाही पौडेल पक्षका हुन् । सचिव विष्ट पौडेल पक्षका हुन् भने सिंह देउवा पक्षका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij