Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३–२ गोलले पराजित  

साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३–२ गोलले पराजित  

  • आश्विन १९, २०७८ मंगलवार ०९:०२ बजे
  • 600
    SHARES
  • साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३–२ गोलले पराजित  

    काठमाडौं । दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। माल्दिभ्समा जारी प्रतियोगिता अन्र्तगत सोमबार राति भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ ।

    मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो ।यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे।  श्रीलङ्काका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल गरे।  

    खेलको पहिलो हाफको ३३औँ मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाए । यस्तै खेलको ५१औँ मिनेटमा नेपालका तर्फबाट अन्जन विष्टले गोल गरे । खेलको ५७औँ मिनेटमा मार्भिन ह्यामिल्टनले श्रीलङ्काका लागि पहिलो गोल गर्दै खेललाई २–१ को अवस्थामा फर्काए । यसैगरी आयुस घलानले खेलको ८६औँ मिनेटमा गोल नेपाललाई ३–१ को अग्रता दिलाए ।  


    खेलको अन्तिम समयमा श्रीलङ्काका लागि डिलोन डी सिल्भाले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पुराए पनि आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन्। लगातारको जितसँगै नेपाल साफ च्याम्पियनसिपको शीर्ष स्थानमा पुगेको छ । नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ । अब नेपालले तेस्रो खेल असोज २४ गते भारतविरुद्ध खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij