Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चट्याङले भाइको मृत्यु, दाजु घाइते, भैंसी पनि मर्‍यो

चट्याङले भाइको मृत्यु, दाजु घाइते, भैंसी पनि मर्‍यो

  • आश्विन १९, २०७८ मंगलवार ०९:१६ बजे
  • 414
    SHARES
  • चट्याङले भाइको मृत्यु, दाजु घाइते, भैंसी पनि मर्‍यो

    बैतडी । बैतडीको डिलाशैनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् । सोमबार साँझ चट्याङ खस्दा डिलाशैनी गाउँपालिका–५ खालीबाटा महेश लुहारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृतकका दाजु अम्बे लुहार, भिनाजु हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखरका दिपक महर घाइते भएका छन् ।

    मृतक लुहारका श्रीमती र एक छोरा छन् ।  स्वाखानीबाट भैंसी ल्याउँदै गर्दा चट्याङ खसेको स्थानीय मनिराम भुलले जानकारी दिए । उनीहरु भैंसी किनेर ल्याउँदै थिए । तर, ७० हजारमा किनेको भैंसी पनि चट्याङ लागेर मरेको छ ।  

  • सम्बन्धित विषय:

  • # चट्याङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij