Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बालिकाको निधनपछि अस्पताल तनावग्रस्त

बालिकाको निधनपछि अस्पताल तनावग्रस्त

  • 530
    SHARES
  • बालिकाको निधनपछि अस्पताल तनावग्रस्त

    पाँचथर । उपचारका क्रममा बालिकाको निधन भएको घटनाले जिल्ला अस्पताल तनावग्रस्त भएको छ । स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालिकाको निधन भएको भन्दै आक्रोशित बनेको भीडले अस्पतालमा ढुङ्गामुढा गरेको छ ।

    स्वास्थ्यकर्मीकै कारण बालिकाको अनाहकमा ज्यान गएको बताउँदै पीडित पक्षले बुधबार साँझ अस्पतालमा ढुङ्गामुढा गरेको हो । ढुङ्गामुढा प्रहारबाट जिल्ला अस्पतालमा क्षति पुगेको छ ।

    ढुङ्गामुढाबाट जोगाउन प्रहरीले अस्पताल क्षेत्रमा लाठीचार्ज गरेको छ । अस्पताल क्षेत्रमा निकै ठूलो भीड लागेको छ । समस्या समाधानका लागि बिहानदेखि नै निरन्तर संवाद हुँदै आएको भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।

    उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका-८ घर भई फिदिम-२ पल्लोटार बस्दै आएका कमल थाम्सुहाङकी तीन वर्षीया छोरी कृष्टिनाको आज बिहान निधन भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।  

  • सम्बन्धित विषय:

  • # अस्पताल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij