Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दशैं बजार : भक्तपुरमा जौँ र मकैको व्यापार 

दशैं बजार : भक्तपुरमा जौँ र मकैको व्यापार 

  • आश्विन २१, २०७८ बिहिवार १०:०२ बजे
  • 477
    SHARES
  • दशैं बजार : भक्तपुरमा जौँ र मकैको व्यापार 

    भक्तपुर । रुद्रामाया भेले एक पोको मकै र एक पोको जौँ लिएर भक्तपुरको टौमढीमा बेच्न बसिन् । ‘जौँ लिनुस् । एक गिलासको १५ रुपैयाँ ।’ उनले यसरी नै ग्राहक बटुल्छिन् ।

    दुई दिन यता साँझ ५ बजे एक पाथी मकै र एक पाथी जौँ लिएर टौमढीमा व्यापार गर्न पुग्न थालेकी हुन् । उनी भन्छिन्, ‘मोहनी नखा (दसैं) मा जौँ र मकैको जमरा राख्नुपर्छ । सबैलाई चाहिन्छ । त्यही भएर बेच्न आएकी हुँ ।’ 

    चाँगुनारायण नगरपालिकामा उनको खेत छ । मकै र जौँ उत्पादन गरेकी उनी दसैंको मौका छोपेर बेच्न हिँडेकी हुन् । टौमढीका लक्ष्मीकुमार भेले पनि दुई पाथी मकै र जौँ लिएर व्यापार गर्न बसेका थिए । सहरमा जग्गा बेचेर घर बनाइसकेकाले दसैंमा जमरा राख्न मकै र जौँ नहुने हुँदा बेच्न आएको उनी बताउँछन् । 

    उनी १० वर्षदेखि नै दसैंमा जौँ र मकैको व्यापार गर्दै आएका छन् । ‘यो आफ्नै खेतमा उत्पादन भएको हो । दसैंमा पूजा गर्न मात्रै नभई जमरा राख्नको लागि पनि चाहिन्छ,’ उनी भन्छन्, ‘पहिले वर्षको १०–१० पाथी मकै र जौँ  बेच्थे । अहिले व्यापार कम छ ।’

    उनी  ३० रुपैयाँ मानामा जौं बेचिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # भक्तपुर
  • # दशैं

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij