वेबटिभी खबर
काठमाडौं । चाडवाडको समयमा यात्रा गर्नेको भीड बढ्ने गर्छ । अझ नेपालमा दसैंका बेला सबैभन्दा बढी यात्रा हुने गर्छ ।
दसैंमा कर्मथलोबाट जन्मथलो जाने भीडले सवारीसाधन खचाखच हुने गर्छन । कर्मथलोबाट जन्मथलो वा आफू जानुपर्ने ठाउँको दूरीअनुसार यात्रा अवधि लामो वा छोटो हुन्छ ।
तर, यात्रा गर्दा केही कुरामा हामीले ध्यान पुर्यायौं भने यात्रालाई धेरै सहज बनाउन सक्छौं । यात्रालाई झन्झटिलो र असहज हुन नदिन केही कुरामा ध्यान दिन जरुरी छ ।
जुत्ता
आरामदायी जुत्ताले यात्रालाई सहज बनाउँछ । यात्राको समयमा विशेषगरी महिलाहरुले हिल स्यान्डिललाई ब्यागमा राखेर जुत्ता लगाउनु पर्छ । जुत्तासँग सामान उठाउन र हिड्न सहज र सरल हुन्छ ।
पोषाक
टाइट कपडा लगाएर एकै स्थितिमा बस्न असहज हुन्छ । यसकासाथै रक्त सञ्चार प्रक्रियामा पनि समस्या उत्पन्न हुन सक्छ । त्यसैले यात्राको समयमा खुुकुलो र आरामदायी कपडा लगाउनु पर्छ ।
नाइलन, पोलिस्टर जस्ता कपडाबाट टाढा रहनु पर्छ । यस्ता कपडाले शरीरमा हावाको प्रवाहलाई रोक्छ र गर्मीमा पसीना बढी आउँछ । पसीनाको गन्धले अन्य यात्रीलाई पनि असहज बनाउँछ ।
पर्फ्युम
यात्रामा पर्फ्युमको प्रयोग गर्नबाट बच्नुपर्छ । आफूलाई मन परे पनि यात्राका बेला छेउमै हुने अन्य व्यक्तिलाई कडा बास्नादार पर्फ्युम मन नपर्ने वा त्यसबाट एलर्जी हुनसक्छ । त्यसैले यात्राको समयमा पर्फ्युम लगाउनु हुँदैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij