Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

आजै मन्त्रिपरिषद्‍लाई पूर्णता दिने तयारीमा देउवा

आजै मन्त्रिपरिषद्‍लाई पूर्णता दिने तयारीमा देउवा

  • आश्विन २२, २०७८ शुक्रवार ०८:५३ बजे
  • 467
    SHARES
  • आजै मन्त्रिपरिषद्‍लाई पूर्णता दिने तयारीमा देउवा

    काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झन्डै तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ ।  नाम प्राप्त हुनासाथ आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । 

    सत्तासाझेदार नेकपा माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ । नेकपा एकीकृत समाजवादीले विहिबार मन्त्रीको टुंगो लगाएको छ। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) भने आन्तरिक छलफलमा छन् । 

    कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति यसअघि नै जुटिसकेको छ ।

    दलहरूबीच बिहीबार पनि छलफल भएको थियो । देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij