Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

मनको घडी

मनको घडी

  • 893
    SHARES
  • मनको घडी

    देखिन्न बाहिर कतै घडीको स्वरूप
    गर्दैन टिक् टिक  पनि नकुनै छ रूप
    यो दिव्य मानस कुरा मनमा  पलाई
    संकेत गर्छ मनको घडीले  मलाई !
                १।

    images

    लागेछ भोक जलपान छिटै   गराउ
    जाडो भएछ कपडाहरू ल्याई लाउ
    भन्दै अह्राउँछ सधैं  यसले   मलाई 
    संकेत गर्छ मनको घडीले मलाई !
                          
                 २।

    राम्रा कुराहरू  तिमी मनमा सजाउ
    यी  चिजवस्तुहरूबाट  नयाँ  बनाउ
    भो भो निदाउन हुँदैन भनी  जगाई 
    संकेत गर्छ मनको घडीले मलाई !
                     
              ३।

    यी ज्ञान चक्षुहरूले अव दिव्य हेर
    खुट्टिन्छ सत्य मनले अव सोचीहेर
    भन्दै हिलाउँछ सधैं यसले  मलाई 
    संकेत गर्छ मनको घडीले मलाई !
                     
              ४ । 

    भौतिकताहरू सबै मनले बनेका
    हुँदैन तृप्ति कहिल्यै यिनीछन् अनेक 
    सन्तोसबाट चल भन्छ सधैं मलाई 
    संकेत गर्छ मनको घडीले  मलाई ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology