Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बझाङको कांग्रेस सभापतिमा खडक बोहरा निर्वाचित

बझाङको कांग्रेस सभापतिमा खडक बोहरा निर्वाचित

  • 454
    SHARES
  • बझाङको कांग्रेस सभापतिमा खडक बोहरा निर्वाचित

    धनगढी । नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन् । 

    प्रतिद्वन्द्वी रमेश भण्डारीलाई पराजित गर्दै सभापतिमा बोहोराले जित हासिल गरेका हुन् । बोहरा ८७७ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिस्पर्धी रमेश भण्डारी ५०८ मत ल्याएर पराजित भए ।

    यसैगरी उपसभापतिमा बर्क रोकाया र मानबहादुर कठायत विजयी भएका छन् । सचिवमा उत्तम रोकाया र झलक कठायत विजयी भए ।

    सहसचिवमा उमाशंकर जोशी र राजेन्द्र धामी विजयी भए । सहसचिव दलिततर्फ सुनिल दमाई र मङल सुनार विजयी हुँदा पुरुष खसआर्यतर्फ अभिषेक सिह विजयी भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij