वेबटिभी खबर
काठमाडाैं । पछिल्लाे २४ घण्टामा १२ हजार ४०४ जनाकाे नमुना परीक्षण गर्दा ५९६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
चाडवाड र भिडभाड बढे पनि केही दिनयता काेराेना संक्रमण घट्दै गएकाे हाे ।
याे अवधिमा ८७१ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी संक्रमणकै कारण १० जनाकाे निधन भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
हाल सक्रिय संक्रमितको संख्या १५ हजार २४ रहेको छ । सक्रिय संक्रमितमध्ये १३ हजार ८५९ होम आइसोलेसनमा र ११ सय ६५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३२२ जना आइसियूमा र ११३ जना भेन्टिलेटरमा उपचारत छन् ।
त्यसैगरी याे अवधिमा ७८ हजार ९२७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij