Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

डेंगु नियन्त्रण गर्न फगिङ अभियान

डेंगु नियन्त्रण गर्न फगिङ अभियान

  • 416
    SHARES
  • डेंगु नियन्त्रण गर्न फगिङ अभियान

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले डेंगु नियन्त्रणका लागि फगिङ अभियान थालेको छ । नगरपालिकाले दसैँ भित्रै नगरको तराई र भित्रि मधेशको सबै वडामा फगिङ (औषधि छिर्काउँ कार्यक्रम) थालेको हो । 

    नगर क्षेत्रको तराई र भित्रि मधेशमा पर्ने वडा नम्बर १ देखि १३ सम्म फडिङ गर्ने कार्यक्रम अनुरुप धमाधम औषधि छर्ने काम भइरहेको त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । नगरको १६ वडामध्ये १४, १५, १६ पहाडी भेग पर्ने भएकाले त्यसबाहेको क्षेत्रमा फगिङ गर्ने काम भइरहेको छ । 

    सिटी सवारीमा फगिङ गर्ने मेसिन राखेर प्रत्येक टोलटोलमा पुगेर औषधि छर्किने काम भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा उपप्रमुख अबधनारायण चौधरीले बताए । उनका अनुसार डेल्टामेथ्रिन १.२५ नामक कीटनाशक औषधिलाई डिजलमा मिसाएर छर्किने गरेको बताउँछन् । त्रियुगा नगरपालिकाले विगत तीन वर्षदेखि नियमित रूपमा फगिङ गर्दै आएको छ ।

    दसैँभित्रैबाट सुरु गरिएको फडिङ अभियान त्रियुगा नगरपालिकाको बजार क्षेत्रका १०, ११, १२, १३ नम्बर वडामा सकिएको स्वास्थ्य शाखा उपप्रमुख चौधरीको भनाइ छ । उदयपुरमा तीन वर्षअघि कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा ३६ जनामा डेंगु संक्रमण भेटिएको  थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij