Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

न्यु क्यासलका प्रशिक्षक स्टिभ बर्खास्त

न्यु क्यासलका प्रशिक्षक स्टिभ बर्खास्त

  • 480
    SHARES
  • न्यु क्यासलका प्रशिक्षक स्टिभ बर्खास्त

    काठमाडौं । न्यु क्यासल युनाइटेडका मुख्य प्रशिक्षक स्टिभ ब्रुज बर्खास्तीमा परेका छन् । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार टोटेनहमसँग ३-२ ले पराजित भएपछि ब्रुजले क्लबका रहिरहने संभावना कम रहेको भन्दै आफ्नो भविष्यका बारेमा छिट्टै निर्णय गरिदिन आग्रह गरेका थिए ।

    ब्रुजले क्बलसँगको आपसी सहमतिमै सम्झौतामा पूर्ण बिराम लगाउने निर्णय भएको बताएका छन् । साउदी अरेबियन मालिकले क्लब स्वामित्व  लिएको १३ दिनमै ब्रुज पदबाट हटेका हुन् । ब्रुजले नयाँ मालिकको आगमनसँगै क्लबले छिट्टै स्वाभाविक लय भेट्टाउने विश्वास व्यक्त गरेका छन् ।

    न्यु क्यासलले ग्रामी जोन्सलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको छ । न्यु क्यासलले जारी सिजन प्रिमियर लिगमा कुनै पनि खेल जित्न सकेको छैन । आठ खेलमा २ अंक जोडेको न्यु क्यासल अन्तिम स्थानमा छ । ब्रुजलाई न्युक्यासलले सन् २०१९ जुलाईमा प्रशिक्षकमा नियुक्त गरेको थियो । पछिल्ला दुई सिजनमा न्यु क्यासलले १३औँ र १२औँ स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij