Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

जमानतको लागि उच्च अदालत पुगे आर्यन खान , २६ अक्टोबरमा सुनुवाई हुने

जमानतको लागि उच्च अदालत पुगे आर्यन खान , २६ अक्टोबरमा सुनुवाई हुने

  • 443
    SHARES
  • जमानतको लागि उच्च अदालत पुगे आर्यन खान , २६ अक्टोबरमा सुनुवाई हुने

    नयाँ दिल्ली । अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानतको लागि २६ अक्टोबरमा सुनुवाई हुने भएको छ । बुधबार भएको सुनुवाईमा आर्यनलाई अदालतले जमानत दिन अस्विकार गरेपछि आर्यनका वकिल बिहीबार मुम्बई उच्च अदालत पुगेका थिए । त्यसपश्चात अदालतले जमानतको बारेमा सुनवाइका लागि मिति तोकेको हो ।

    images

    यसैगरी, अभिनेता शाहरुख खान छोरा आर्यन खानलाई भेट्न बिहीबार मुम्बईस्थित आर्थर रोड जेल पुगेका छन् । लागुऔषध मुद्दामा पक्राउ परेका आर्यन खानले बुधबार पनि जमानत नपाएपछि अभिनेता शाहरुख खान छोरालाई भेट्न पुगेका हुन् । 

    शाहरुख खानसँगै उनका केही स्टाफ पनि आर्थर जेल पुगेका थिए । तर आर्यनसँग शाहरुख खानले मात्र भेट गरेका थिए । ३ अक्टोबरमा पक्राउ परेका आर्यनलाई भेट्न परिवारका सदस्यमध्ये शाहरुख खान पहिलो पटक जेल पुगेका हुन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी)ले ३ अक्टोबरमा आर्यन खानलाई मुम्बईबाट गोवा गइरहेको क्रुज ड्रग्स पार्टीमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology