Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

आर्यनलाई जेलमा भेटेर भावुक भए शाहरुख

आर्यनलाई जेलमा भेटेर भावुक भए शाहरुख

  • 426
    SHARES
  • आर्यनलाई जेलमा भेटेर भावुक भए शाहरुख

    नयाँ दिल्ली । बलिउड स्टार शाहरुख खानले लागुऔषध मुद्दामा १८ दिनदेखि थुनामा रहेका छोरा आर्यनलाई बिहीबार जेलमै पुगेर भेटेका छन् । बिहान कबिर नौ बजे आर्थर रोडस्थित जेलमा छोरा भेट्न पुगेका शाहरुख र आर्यनबीच के कुरा भयो भन्ने बाहिर आएको छैन् । उनीहरुबीच कुरा हुँदा एकजना जेलका कर्मचारी पनि साथै थिए । तर, बाबु-छोरा भेट हुँदा निकै भावुक भएको जेल कर्मचारीहरुले बताएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    images

    कोरोना महामारीका कारण भारत सरकारले जेलमा भेटघाट बन्द गरेको थियो । बुधबार नै उक्त प्रतिवन्ध हटेको हो । प्रतिवन्ध हटेको भोलिपल्टै शाहरुख छोरालाई भेट्न पुगेका थिए । उनीहरुबीच करिब २० मिनेट कुरा भएको जेलका कर्मचारीले जानकारी दिएका छन् । जेलमा कैदीलाई हप्तामा एक पटक उनका नातेदारले बढीमा २० मिनेट मात्र भेट्न पाउने नियम छ । 

    आर्यनको जमानतका लागि हिजो बुधबार आदालतमा सनुवाइ भएको थियो । अदालतले हिजो आर्यनलाई जमानत दिन अस्विकार गरेको थियो । जमानतका लागि आर्यनका कानुन व्यावसायीले उच्च अदालतमा निवेदन दिएका छन् । उनको सुनवाइ २६ अक्टोबरका लागि तोकिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology