वेबटिभी खबर
काठमाडौं । बागमती प्रदेशकी मुख्यन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत माग्ने भएकी छन् । आज दिउँसो तीन बजेपछि सुरू हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि मन्तव्य दिने बागमती प्रदेशकी अर्थमन्त्री रचना खड्काले जानकारी दिइन् ।
मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा-१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने निर्णय गरेकी थिइन् ।
‘आज मुख्यमन्त्रीले विश्वासको मत माग्नुहुन्छ । त्यसपछि सभामुखले छलफलका लागि कहिले बैठक बोलाउनुहुन्छ भन्ने हो,’ उनले भनिन्, ‘हामीलाई छलछाम गरेर एक मिनेट पनि सरकारमा बस्नुछैन । संविधानले देखाएको बाटोमा अघि बड्छौं । हामी प्रक्रियामा जान तयार छौ ।’ बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij