सरस पाण्डे
फेरिए पटक-पटक
शासक
भाषण
आसन
तर,
मैलो लुगा
भोको पेट
घामपानी छिर्ने छत
भिजेको सिरानी
रित्तो भण्डार
रुन्चे अनुहार
कहिल्यै फेरिएन ।
गिट्टी कुट्नेने बनाएको घर
पाएन
कपडा सिउनेले सिलाएको लुगा
लाएन
रोप्नेले गोडेर त्यो धान काटेपछि
खाएन
तर,
उसले हातमा
ठेला पायो
सबैको
हेलाँ पायो
गलोबाट छिरेर थैली नभरिने
ज्याला पायो ।
समाजवाद जिन्दावाद !
छुवाछुत मूर्दावाद !
थर्कियो सडक
घन्कियो सहर
तर,
माइलाकी दोजिया जोई पुगिन अस्पताल
कमलीकी छोरी जान सकिन स्कुल
रजोवती छाउगोठबाट फर्किन सकुशल
हो हजुर ! हो !
मात्र,
शासकको शासन
घुम्नेको आसन
वक्ताको प्रवचन
भइरह्यो परिवर्तन
भइरह्यो परिवर्तन !
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij