वेबटिभी खबर
नयाँ दिल्ली । लागुऔषध मुद्दामा पक्राउ परेका बलिउड स्टार शाहरुख खानका छोरा आर्यनको जमानतका लागि मंगलबार मुम्बईको उच्च अदालतमा सुनवाइ हुँदैछ ।
यसअघि दुई पटक जमानतको माग तल्ला अदालतले अस्विकार गरेको थियो । ३ अक्टुबरमा पक्राउ परेका आर्यन मुम्बईको अर्थर रोड जेलमा छन् ।
उनको जमानको माग २० अक्टोबरमा सशेन कोर्टले अस्विकृत गरेपछि उनका कानुन व्यावसायीले उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले आज मंगलबार उक्त निवेदनमाथि सुनवाईका लागि तारिख दिएको हो ।
आर्यनको थुना र उनको जमानत अहिले भारतमा सर्वाधिक चासोको विषय बनेको छ । आर्यनले आज पनि जमानत पाएनन भने दिपावलीको छुट्टीका कारण जमानतका थप प्रक्रिया अघि बढाउन समय लाग्ने अवस्था छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij