Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

हरितगृह ग्यास कटौतीलाई सन् २०५० सम्म नेट जिरो पुर्‍याउने अस्ट्रेलियाको लक्ष्य

हरितगृह ग्यास कटौतीलाई सन् २०५० सम्म नेट जिरो पुर्‍याउने अस्ट्रेलियाको लक्ष्य

  • 463
    SHARES
  • हरितगृह ग्यास कटौतीलाई सन् २०५० सम्म नेट जिरो पुर्‍याउने अस्ट्रेलियाको लक्ष्य

    सिड्नी । विश्वकै प्रदुषित सहरहरुमध्येको एक अस्ट्रेलियाले हरितगृह ग्यास कटौतीलाई सन् २०५० सम्ममा ‘नेट जिरो’को लक्ष्य हाँसिल गर्ने बताएको छ । हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने विस्तृत योजना सार्वजनिक गर्दै प्रधानमन्त्री स्कट मोरिसनले नेट जिरो लक्ष्य हाँसिल गर्ने प्रतिबद्धता जनाएका हुन् । 

    उनले सरकारसँग  कार्बन उत्सर्जनलाई न्यून गर्ने लक्ष्य भएको बताए । ‘अस्ट्रेलियाबारे नबुझ्ने अन्य व्यक्तिले हामीलाई लेक्चर दिन आवश्यक पर्दैन,’ एउटा पत्रिकामा लेख लेख्दै उनले भनेका छन् । 

    जलबायु परिवर्तनको खराब असर रोक्न विभिन्न देशले विश्वव्यापी बढ्दो तापमानलाई सन् २०५० सम्म १ दशमलब ५ डिग्री सेल्सियस भन्दा कम राख्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । यसका लागि सन् २०३० सम्म हरितगृह ग्यास उत्सर्जन कटौती ४५ प्रतिशत हुनुपर्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् । 

    सन् २०१५ मा विश्वका १९७  देशहरूले पृथ्वीको तापमान वृद्धिलाई १.५ सेल्सियसभन्दा न्यून राखेर जलवायु परिवर्तनका खराब असरहरू नियन्त्रण गर्ने सहमति गरेका थिए । त्यसका लागि जतिसक्दो छिटो नेट जिरो हासिल गर्नु पर्ने बताइन्छ ।

    के हो नेट जिरो ?

    वायुमण्डलमा हरितगृह ग्यासहरूको मात्रा थप हुन नदिनुलाई नेट जिरो भनिन्छ । सो लक्ष्य प्राप्त गर्न हरितगृह ग्यासको उत्सर्जन जतिसक्दो घटाउनु पर्छ । हामीले यातायात, उद्योग तथा कलकारखानामा ग्यास र कोइलाको प्रयोग गर्दा हरितगृह ग्यास उत्सर्जन हुन्छ जसका कारण विश्वव्यापी रूपमा तापमान वृद्धि हुन्छ ।  विज्ञहरुले जति कार्बन उत्सर्जन हुन्छ, त्यति नै घटाउनुपर्ने बताएका छन् । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij