Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

फाइजर खोप पाँच वर्षमाथिका बालबालिकालाई दिन मिल्ने 

फाइजर खोप पाँच वर्षमाथिका बालबालिकालाई दिन मिल्ने 

  • कार्तिक १०, २०७८ बुधवार ११:०१ बजे
  • 486
    SHARES
  • फाइजर खोप पाँच वर्षमाथिका बालबालिकालाई दिन मिल्ने 

    एजेन्सी ।  अमेरिकी विज्ञहरुले कोभिडबिरुद्धको फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने  बताएका छन् । अमेरिकाको  खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूको एउटा समूहले पाँच वर्षदेखि माथिका बालबालिकालाई फाईजर खोप दिन मिल्ने बताएको हो ।

    विज्ञहरुका अनुसार सो उमेर समूहका बालबालिकालाई वयस्कलाई दिइएको खोपको एक तिहाइ मात्रा दिइनुपर्छ । विज्ञहरुले खोपलाई स्वीकृत गरेसँगै २ करोड अमेरिकी बालबालिका यसबाट लाभान्वित हुनेछन्  । तर, एफडीए र अमेरिकाको रोग नियन्त्रण तथा उन्मूलन केन्द्रबाट खोप अनुमोदन हुन भने बाँकी छ । 

    यसअघि सेप्टेम्बरमा खोप निर्माता कम्पनीले परीक्षणपछि सानो उमेर समूहका बालबालिकालाई पनि खोप दिन सकिने जनाएको थियो ।  अमेरिकामा सो खोप १२ वर्षमाथिकालाई केही महिनाअगाडिदेखि  दिन थालिएको छ ।  

    अमेरिकाले १ लाख भन्दा बढी फाइजर खोप नेपाललाई अनुदानमा दिएको छ । पहिलो चरणमा १२ वर्षमाथिका दीर्धरोगीलाई सो खोप दिइने छ ।   

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # फाइजर खोप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij