Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बायर्नको लज्जास्पद हार 

बायर्नको लज्जास्पद हार 

  • कार्तिक ११, २०७८ बिहिवार ०८:४२ बजे
  • 435
    SHARES
  • बायर्नको लज्जास्पद हार 

    काठमाडौं ।   जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले डिएफबी कपमा  बोरुसिया मोन्चेनग्लाडबाकसँग लज्जास्पद हार व्यहोरेको छ ।  बुधबार राति भएको खेलमा बायर्न मोन्चेनग्लाडबाकसँग ५–० गोल अन्तरले पराजित भएको हो । 

    बोरुसिया पार्कमा मान्चेनग्लाडबाकलाई जिताउन ब्रिल एम्बोलो र रामी बेन्सबाइनिले समान २ तथा कउडियो कोनेले १ गोल गरे । खेलको दोस्रो मिनेटमा नै  कोउडियो कोनेले गोल गरे । यसपछि खेलको १५ र २१ मिनेटमा रामी बेन्सबाइनिको लगातार दुई गोल गर्दा घरेलु टोलीले ३–० को अग्रता बनायो । 

    दोस्रो हाफको ५१ र ५७ मिनेटमा ब्रिल एम्बोलोले दुई गोल गर्दै टोलीको अग्रता ५–० को बनाए ।  हारसँगै बायर्न लगातार दोस्रो सिजन प्रतियोगिताको सुरुवाती चरणमानै बाहिरियो । 

  • सम्बन्धित विषय:

  • # बायर्न म्युनिख

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij