काठमाडौं । युइएफए च्याम्पियन्स लिगको समुह चरणको चौथो चरणको खेलमा चेल्सीले कठिन जित निकालेको छ। मंगलबार राति भएको खेलमा चेल्सीले माल्मोलाई १–० गोलले पराजित गरेको हो।
चेल्सीको जितमा हाकिमी जियाचले निर्णायक गोल गरे। उनले ५६औं मिनेटमा गरेको गोल नै चेल्सीको जितमा निर्णायक बनेको थियो। जितपछि चेल्सीको ९ अंक जोडेर समुहको दोस्रो चरणमा छ।
१२ अंक जोडेको युभेन्टस शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरिसकेको छ। ३ अंक जोडेर तेस्रो स्थानमा जेनिट सेन्ट पिटर्सवर्ग तेस्रो स्थानमा रहँदा माल्मोले खाता खोल्न सकेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij