Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पुस्तकालयले चेतना जगाउँछ : तिमिल्सिना

पुस्तकालयले चेतना जगाउँछ : तिमिल्सिना

  • 444
    SHARES
  • पुस्तकालयले चेतना जगाउँछ : तिमिल्सिना

    तनहुँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुस्तकालयले चेतना जगाउने काम गरेको बताएका छन् । पुस्तकालयले विभिन्न कालखण्डमा मानव अधिकार, प्रजातन्त्र, बहुदलीयताको बारेमा चेतना जगाउन सफल भएको उनले बताए ।

    तनहुँको बेलचौतारामा रहेको जन पुस्तकालयको ४२औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष तिमिल्सिनाले भने, ‘त्यतिबेलाका शासकले पुस्तकालयलाई बन्द गराउने कामसमेत गर्थे । ती बेला पुस्तकालयले राजनीतिकर्मी, कविलगायतलाई सचेत पनि बनाएको थियो ।’

    पुस्तकालयलाई परिमार्जन गरेर लाइब्रेरी बनाउनुपर्ने उनको भनाई छ । पुस्तकालय समयसापेक्ष हुनुपर्नेमा उनको जोड छ । ‘अबको युगमा पुस्तक पत्रिका मात्रै पढ्छन् भन्ने हुँदैन । प्रविधिमा आएको विकाससँगै पुस्तकालयलाई अगाडी बढाउनुपर्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij