Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

दाङमा जनगणनाको अन्तिम तयारी, ८ सय ६ गणक खटिए

दाङमा जनगणनाको अन्तिम तयारी, ८ सय ६ गणक खटिए

  • 544
    SHARES
  • दाङमा जनगणनाको अन्तिम तयारी, ८ सय ६ गणक खटिए

    दाङ । दाङमा राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । दाङमा जनगणनाका लागि ८ सय ४ जना गणक खटिने भएका छन् । सुरुमा ७ सय १६ जना गणकहरू आवश्यक पर्ने भनिए पनि बसोबास गर्ने नागरिकको संख्या बढी भएको हुँदा थप ९० जना गणक खटिन लागेको जनगणना कार्यालय दाङका प्रमुख तुलसीराम पोखरेलले जानकारी दिए ।

    उनका अनुसार तुलसीपुरमा १२८, घोराहीमा २४५, बंगलाचुलीमा २५, दंगिशरणमा २६, बबईमा ३४, शान्तिनगरमा ३३, लमहीमा ७२ जना गणक खटिने भएका छन् । राप्तीमा ७६ जना, गढवामा ९१ जना, राजपुरमा ३८ जना गणक खटिने भएका छन् ।

    जनगणनाका लागि सुपरिवेक्षकले घर सूचीकरण गर्ने काम सकिएको छ । गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरिवेक्षकले घर सूचीकरण गर्ने काम सकिसकेका छन् । अहिलेसम्म उनीहरूको २५ प्रतिशत काम सकिएको छ । अब गणकको कामलाई अनुगमन गर्ने, वडामा सामुदायिक प्रश्नावली भर्ने काम र अन्तिम फाइल बुझाउने काममात्र बाँकी रहेको पोखरेलले बताए । दाङसहित देशभर यही कार्तिक २५ गतेबाट जनगणना सुरु भएर मंसिर ९ गते सकिने छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij