Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अयाक्स अन्तिम १६ मा, डर्टमण्ड पराजित

अयाक्स अन्तिम १६ मा, डर्टमण्ड पराजित

  • कार्तिक १८, २०७८ बिहिवार ०८:३४ बजे
  • 484
    SHARES
  • अयाक्स अन्तिम १६ मा, डर्टमण्ड पराजित

    काठमाडौं ।  युईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा अयाक्स र स्पोर्टिङ सिपीले जित हात पारेका छन् ।  बुधबार रातिको जितसँगै समूहमा ६ अंकको अग्रता बनाएको नेदरल्याण्डको शीर्ष डिभिजन च्याम्पियन अयाक्स अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । 

    जर्मन क्लब बोरुसिया डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा अयाक्स ३–१ ले विजयी भयो ।  १–० ले पछि परेको स्थितिलाई उल्टाउने क्रममा अजाक्सको लागि डुसान टाडिक, सेबास्टियन हलेर र डाभ्य कलासेनले एक एक गोल गरे । 

    यता, डर्टमण्डको लागि मार्को रेउसले पेनाल्टीमा गोल गर्दै ३७ मिनेटमा अग्रता बनाएका थिए । 

    गएराति नै भएको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ सिपीले टर्कीको बेसिक्तास जेकेलाई ४–० गोल अन्तरले पराजित गर्‍यो । स्पोर्टिङको एकोहोरो जितमा पेड्रो गोन्काल्भेसले दुई गोल तथा पौलिन्हो र पाब्लो सरवियाले एक एक गोल गरे । 

    चौथो चरणको अन्त्यसँगै समूह ‘सी’ बाट ४ खेल खेल्दै अयाक्स सत प्रतिशत जित सहित १२ अंक बोकेर शीर्षस्थानमा छ । समान ६ अंक भए पनि गोल अन्तरका आधारमा स्पोर्टिङ दोस्रो र डर्टमण्ड तेस्रो स्थानमा छ । बिना अंक बेसिक्तास भने पुछारमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij