Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मदिरा निषेधित भारतको बिहारमा विषाक्त मदिरा खाएर १६ जनाको मृत्यु

मदिरा निषेधित भारतको बिहारमा विषाक्त मदिरा खाएर १६ जनाको मृत्यु

  • 1.1K
    SHARES
  • मदिरा निषेधित भारतको बिहारमा विषाक्त मदिरा खाएर १६ जनाको मृत्यु

    नयाँ दिल्ली । मदिरा सेवन तथा बेचबिखनमा प्रतिबन्ध लगाइएको भारतको बिहारमा विषाक्त मदिरा खाएर दुई दिनमा १६ जनाको मृत्यु भएको छ । चाडवाडकै बेला विषाक्त मदिराबाट गोपलगञ्जमा ८ जना र बेतियामा ८ जनाको मृत्यु भएको हो ।विषाक्त मदिरा सेवन गरेर बिरामी परेका दर्जनौंको अस्पतालमा उपचार जारी छ । बुधबार गोपालगञ्जमा ८ जनाको मृत्यु भएको थियो भने बेतियामा पनि ८ जनाको मृत्यु भएको ८ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । 

    चाडवाडका बेला भएकाले बुधबार राति अबेरसम्म गाउँमा मदिरा पिउने क्रम जारी थियो । मदिरा पिएको केही बेरमै बिरामी पर्न थालेको स्थानीयले बताएका छन् । बिरामीलाई तत्काल गाउँकै अस्पतालमा भर्ति गरिए पनि उपचार हुन नसकि धमाधम मृत्यु भएको हो । विषाक्त मदिराबाट मानिसको मृत्यु हुन थालेपछि गाउँले त्रसित भएका छन् । बेतियाका एसपी उपेन्द्रनाथ वर्माले घटनाको अनुसन्धान भइरहेको र विषाक्त मदिरा ल्याउनेलाई कुनै हालतमा नछाडिने बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij