वेबटिभी खबर
काठमाडौं । सरकारले शिक्षकहरूका लागि छुट्टै अस्पताल बनाउने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकहरूका लागि अस्पताल बनाउने ठाउँ खोज्न समिति गठन गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार शिक्षक अस्पताल बनाउने जग्गा व्यवस्था गर्न विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी सदस्य छन् । सरकारले समितिलाई २ महिनाभित्र जग्गा खोजिसक्न भनेको दिर्नेशन दिएको छ । जसअनुसार समितिले काठमाडौं, चितवनलगायत ठाउँमा जग्गा खोज्ने मन्त्रालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
शिक्षक अस्पताल बनेपछि देशभरका झन्डै ३ लाखको संख्यामा रहेका शिक्षकले लाभ पाउने सरकारले अपेक्षा गरेको छ । शिक्षक अस्पताल बनाउन यसअघि अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij