वेबटिभी खबर
मध्य प्रदेश । मध्य प्रदेशको एउटा अस्पतालमा आगो लाग्दा चार नवजात शिशुको मृत्यु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो ।
सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति ९ बजे आगो लाग्न सुरु भएको थियो । आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकलाई दुई घन्टा लागेको थियो । आगलागी भएको ठाउँमा ४० बालबालिका उपचाररत भएको बताइएको छ । उपचाररत बाँकी बालबालिकालाई भने सुरक्षित निकालिएको छ ।
पीडितले भने अस्पतालको लापरबाहीका कारण आगलागी भएको भन्दै छानविन गरी दोषिमाथि कारबाही हुनुपर्ने माग गरेका छन् । आगलागी हुनु केहीअघि मात्र अस्पतालका स्टाफबीच विवाद भएको पनि पीडितका आफन्तले बताएका छन् । अस्पतालमा भएको आगलागीको घटनामा दुःख प्रकट गर्दै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले तत्काल उच्चस्तरीय छानविनका लागि आदेश दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij