Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बलिउड फिल्म ‘सूर्यवंशी’ को व्यापार सय करोड नाघ्यो

बलिउड फिल्म ‘सूर्यवंशी’ को व्यापार सय करोड नाघ्यो

  • 478
    SHARES
  • बलिउड फिल्म ‘सूर्यवंशी’ को व्यापार सय करोड नाघ्यो

    नयाँ दिल्ली । बलिउड फिल्म सूर्यवंशीले प्रदर्शनको पाँचौं दिन मंगलबार भारतमा मात्र सय करोडको व्यापार गर्ने निश्चित भएको छ । सोमबार साँझसम्म फिल्मले ९० करोडको व्यापार गरिसकेको छ ।पाँचौं दिन मंगलबार सजिलै सय करोडभन्दा बढीको व्यापार गर्ने अनुमान गरिएको छ । 

    images

    आइतबारसम्म भारतमा बिदा भएकाले फिल्मले बढी ब्यापार गरेको थियो । तर बिदा सकिएको दिन सोमबार भने फिल्मले १२ करोड मात्र संकलन गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । गत शुक्रबार प्रदर्शन भएको अक्षय कुमार र कट्रीना कैफ अभिनित सूर्यवशीले पहिलो दिन नै २६ करोड २९ लाखको व्यापार गरेर सानदार ओपेनिङ गरेको थियो ।

    शनिबार व्यापार थोरै घटेर साढे २४ करोड मात्र भयो । सूर्यवंशीले आइतबार भने व्यापार केही बढाएर २६ करोड ९४ लाख पुर्याएको थियो । भारतमा मात्र ९० करोडको व्यापार गरेको उक्त फिल्म भारतबाहेक विश्वका १३०० पर्दामा एकसाथ रिलिज भएको थियो । विदेशमा गरेको व्यापारसमेत जोड्दा सूर्यवंशीले एक सय एक करोडको व्यापार गरीसकेको छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology