Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

ताप्लेजुङकाे जनगणना गर्न खटिए तीन सय गणक र सुपरीवेक्षक

ताप्लेजुङकाे जनगणना गर्न खटिए तीन सय गणक र सुपरीवेक्षक

  • 490
    SHARES
  • ताप्लेजुङकाे जनगणना गर्न खटिए तीन सय गणक र सुपरीवेक्षक

    ताप्लेजुङ । ताप्लेजुङमा राष्ट्रिय जनगणनाका लागि करिब तीन सय गणक र सुपरीवेक्षक खटिएका छन् । आज बिहानदेखि नै सुरु भएकाे जनगणनाका लागि उक्त सङ्ख्यामा जनशक्ति परिचालन गरिएकाे हाे ।

    जिल्ला जनगणना कार्यालय ताप्लेजुङका अनुसार नौ स्थानीय तह र ६१ वडा रहेको जिल्लामा कुल दुई सय २९ गणक र ६१ जना सुपरीवेक्षक परिचालन भएका छन् ।

    जिल्ला जनगणना अधिकारी मानबहादुर थापाले जनगणनाका लागि छनोट भएका सबै गणक र सुपरीवेक्षक आफ्नो कार्यक्षेत्रमा परिचालन भइसकेको जानकारी दिए ।

    उनले एक जना सुपरीवेक्षक बराबार एकदेखि ६ जनासम्म गणक परिचालित भएकाे बताए । उनका अनुसार सुपरीवेक्षकलाई पहिले नै विभिन्न चरणमा तालिम तथा अभिमुखीकरण गराइएको थियो । गणकलाई यही १३ देखि १६ कात्तिकसम्म चार दिन तालिम प्रदान गरिएको थियो ।

    तालिमलगत्तै गणकहरू जनगणनाका लागि आवश्यक पर्ने फारामसहितका सामग्री लिएर कार्यक्षेत्रमा खटेका जिल्ला जनगणना कार्यालयले जनाएको छ । जनगणनाका लागि खटेका सुपरीवेक्षक र गणकले आ-आफ्नो क्षेत्रमा बिहीबारदेखि नै काम थाल्ने पनि जिल्ला जनगणना अधिकारी थापाले जानकारी दिए ।

    जनगणना कार्यालयका अनुसार जिल्लामा ३३ हजार घर सङ्ख्या रहेकामध्ये करिब २७ हजार घरधुरीमा मानिसको बसोबास रहेको छ । जनगणना २५ कात्तिक बिहीबारदेखि ९ मंसिरसम्म १५ दिन सञ्चालन हुनेछ । यसअघि २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार ताप्लेजुङको जनसङ्ख्या एक लाख २७ हजार चार सय ६१ रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij