काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीनवटा नगरपालिकालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुका अनुसार प्रधानमन्त्री ओलीले नेपाल नगरपालिका संघको २८ औं वार्षिक साधारणसभाको अवसरमा आयोजना हुने कार्यक्रममा ती नगरपालिकाहरुलाई पुरस्कृत गर्ने भएका हुन् ।
झापाको कनकाई, रुपन्देहीको तिलोत्तमा र स्याञ्जाको वालिङ नगरपालिकालाई विभिन्न सूचकका आधारमा उत्कृष्ट घोषणा गरिएको छ । ती नगरपालिकाहरुलाई वातावरण, सुशासन र वित्तीय क्षेत्रमा उत्कृष्ट काम गरेको भनेर पुरस्कृत गर्न लागिएको हो ।
आज ११ बजे होटल र्याडिसनमा हुने कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको जीवन सहज बनाउनका लागि रोटरी क्लबसँग करिब ८ सय वटा ह्विल चेयर र केही डाइलोसिस मेसिन दिने विषयमा पनि सम्झौता हुने बताइएको छ ।
संघको अग्रसरतामा आज नै विल गेट्स फाउण्डेसनसँग नगरपालिकाहरुको लेदोजन्य फोहोर व्यवस्थापनका लागि गर्ने सहयोगमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij