Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप

  • 550
    SHARES
  • जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप

    काठमाडौं । जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलालले शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

    जनकपुर उपमहानगरपालिका-२० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो ।

    स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको बास्तोलाले बताए। ‘उक्त पोखरीमा तीन/चार वर्षदेखि नै समस्या आइरहेको थियो, छठको बेलामा सामान्य झडप पनि भएको थियो,’ बास्तोलाले भने ।

    दुई समुदायबीच झडप हुन थालेपछि शुक्रबार बास्तोलाले बैठक बोलाएर सहमति गराएका थिए । तर, एकाएक शनिबार हिन्दु समुदायले र्‍याली निकालेर जान खोजेपछि निषेधाज्ञा जारी गर्नुपरेको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij