वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७६, भक्तपुरमा ८ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा देशभर ३०६ जना नयाँ संक्रमित थपिए भने ३४८ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी संक्रमणको कारण ६ जनाको निधन भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ जना रहेको छ ।
त्यसैगरी यो अवधिमा १५ हजार ९०६ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij