काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दै सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने बताएका छन् ।
उपत्यकाका तीन जिल्लाले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका छन् ।
चैत १५ र १६ गते होली पर्वलाई घरमै मनाउन समेत जिल्ला प्रशासनहरुले आग्रह गरेका छन् ।
काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न समेत आग्रह गरिएको हो ।
यसैबीच भारतीय सीमानाकाबाट नेपाल प्रवेशमा पनि सम्बन्धित जिल्ला कार्यालय र स्थानीय सरकारले कडाइ गरेका छन् ।
भारतसँग सीमा जोडिएका जिल्लामध्ये पर्साले मंगलबार जिल्लास्तरीय बैठक राख्दै भारतबाट नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँच गराएर मात्र अगाडि बढ्न दिने व्यवस्था गराएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij