Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मधुमेह बिरामीको लागि लाभदायक मेथी चिया, कसरी बनाउने ?

मधुमेह बिरामीको लागि लाभदायक मेथी चिया, कसरी बनाउने ?

  • 568
    SHARES
  • मधुमेह बिरामीको लागि लाभदायक मेथी चिया, कसरी बनाउने ?

    काठमाडौं । मधुमेहलाई नियन्त्रण राख्न आवश्यक रहेको छ । मधुमेह नियन्त्रणमा राख्न सबैभन्दा सजिलो उपाय हो मेथीको चियाको सेवन । 

    विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्म विश्वभर मधुमेह सातौं प्राणघातक रोग बन्नेछ ।  मधुमेह धेरै प्रकारका हुन्छन् । मधुमेह टाइप–१, मधुमेह टाइप–२, गर्भकालिन मधुमेह, प्रीडायबिटीज । 

    मधुमेहका बिरामीहरुले खानपानमा विशेष ध्यान पुर्‍याउन आवश्यक हुन्छ । अतिरिक्त खानपानमा ध्यान पु¥याउँदा मधुमेहको समस्यालाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । खानपान सम्बन्धित रहेको मेथीको पानीले मधुमेह टाइप–२ लाई नियन्त्रण गर्न मद्दत गर्छ । १० ग्राम मेथीको दानालाई तातो पानीमा भिजाएर यसको पानीको सेवन गर्दा मधुमेह बिरामीलाई लाभदायक हुन्छ । यसमा फाइबर पनि हुन्छ, जसले पाचनतन्त्रलाई स्वस्थ राख्छ । मेथीले शरीरमा कार्बोहाइड्रेट र चिनीको अवशोषणलाई नियन्त्रण गर्छ । 

    मोटोपन नियन्त्रण
    स्वास्थ्य विशेषज्ञकाअनुसार मेथीको दाना भिजाएको पानी पिउँदा मोटोपन नियन्त्रण हुन्छ । मधुमेहका बिरामीले दैनिक पिउने चिया वा कफिको साटो मेथीको चिया पिउनु फाइदाजनक हुन्छ । यसले मोटोपनलाई नियन्त्रण पनि गर्छ । मेथीको चियाले पेटसँग सम्बन्धीत कब्जियत, एसिडिटीको समस्यालाई पनि ठिक गर्छ । 

    कसरी बनाउने ? 
    मेथीको दानालाई रातभर पानीमा भिजाएर राख्ने,
    बिहान मेथी पानीलाई तुलसीको पातलाई मिसाएर उमाल्ने,
    उमालेका मेथीको चियालाई छानेर कपमा राख्ने र यसमा आवश्यक मात्रामा मह मिसाएर पिउनु पर्छ । मधुमेहका बिरामीले नियमित मेथी चिया पिउँदा स्वास्थ्यमा सकारात्मक परिवर्तन महशुस गर्छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij