काठमाडौं । भारतीय जेलमा बिनाकसुर ४० वर्ष कटाएर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता बनाएका छन् । उनले बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता बनाएका हुन् ।
आवश्यक सबै कागजातसहित जिल्ला प्रशासन कार्यालय पुगेका तिम्सिनालाई प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले सबै प्रक्रिया पुगेको २० मिनेटमै वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन् ।
४० वर्ष जेलमा बसेर आएका तिम्सिनाको स्वास्थ्य परीक्षण गराउन र आवश्यक प्रशासनिक कामका लागि आवश्यक परका कारण दुर्गाप्रसाद घर आएको पाँचदिनमा नै नागरिकता बनाइएको परिवार स्रोतले बताएको छ ।
तिम्सिनाको स्वास्थ्योपचारको जिम्मा प्रदेश १ सरकारले लिएको प्रदेश १ का सामाजिक विकासमन्त्री हिक्मत कार्कीले बताए ।
यससँगै बिनाकसुर सजाय दिएको विषयमा भारतीय पक्षसँग क्षतिपुर्ति माग्नेबारे पनि छलफल भएको प्रदेश १ सरकारले जानकारी दिएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij