Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रदेश २ सरकारमा नेकपा एसको प्रवेश, को-को बने मन्त्री ?

प्रदेश २ सरकारमा नेकपा एसको प्रवेश, को-को बने मन्त्री ?

  • 583
    SHARES
  • प्रदेश २ सरकारमा नेकपा एसको प्रवेश, को-को बने मन्त्री ?

    जनकपुरधाम । दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ । 

    आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस) का संसदीय दलका नेता सत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा  गोपनीयताको शपथ गराएका हुन् ।

    महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्तालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहसहितको सहभागिता थियो । 

    योसँगै संघीय सरकारको जस्तै प्रदेश २ सरकार पनि जनता समाजवादी पार्टी, कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस) को गठबन्ध सरकार भएको छ ।  
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij