Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

काठमाडौंमै पाइँदैन सिटामोल 

काठमाडौंमै पाइँदैन सिटामोल 

  • 836
    SHARES
  • काठमाडौंमै पाइँदैन सिटामोल 

    काठमाडौं । ज्वरो आएपछि काठमाडौंको मैतीदेवीकी राधिका सिटौलाले शनिबार साँझ आसपासका मेडिकल पसलमा सिटामोल किन्न खोज्दा पाइनन् । गाउँका औषधि पसलमा समेत सहजै पाइने सिटामोल राजधानीका ठूला पसलमा नपाउँदा उनी छक्क परिन् ।

    images

    सिटौलामात्र होइन अरूले पनि राजधानीका पसलमा सिटामोल नपाउने अवस्था छ । नेपालमै उत्पादन हुने सिटामोल अभावले बजारमा अहिले हत्तपत्त पाइँदैन । 

    नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरपछि यहाँ औषधि बजारमा सिटामोलको अभाव देखिएको छ । कोरोनाकालमा चरम अभाव नै थियो । तर,आजभोलि स्थिति सामान्य भए पनि नेपालमै उत्पादन हुने सिटामोल जति खोजे पनि पाइदैन । धेरै औषधि पसलमा धाउँदा केहीमा अन्तर्राष्ट्रिय ब्रान्डका सिटामोल पाइने औषधि व्यवसायी बताउँछन् ।

    घट्टेकुलो चोकस्थित रिजाल ड्रग्स हाउसमा औषधि लिन जाँदा नेपाली उत्पादन नभएको र विदेशी मात्र पाइने बताइयो । अधिकांश पसलमा दैनिक १५ जनासम्म सिटामोल किन्न पुग्छन् । राजधानीमै सिटामोलको अभाव छ भने दुर्गम गाउँको अवस्था अनुमान गर्न कठिन हुँदैन ।

    सिटामोलको कालोबजारी भएको आशंका भइरहँदा औषधि व्यवस्था विभाग भने उपभोक्ताले चाहिनेभन्दा धेरै औषधि स्टकमा राख्दा बजारमा अभाव देखिएको बताउँछ ।

    ‘कोरोना कहरको दोस्रो लहरमा चरम अभावै भएको होइन तर सहज उपलब्ध भने भएन,’ विभागका प्रवक्ता डा.सन्तोष केसी भन्छन्,‘बजारमा सिटामोल अभाव हुनुका दुई कारण छन् । एउटा कच्चा पदार्थको मूल्य बढेको छ । नेपाल सरकारले २०६४ सालमा औषधिको मूल्य तोकेको छ । तोकिएको १ रूपैयाँभन्दा बढी बढाएर बेच्न नपाइने भन्ने छ । त्यही कारणले १ रुपैंयामा बेच्नु पर्ने भएकाले उत्पादकले थोरै मात्रामा सिटामोल बनाउन थाले । अर्कोतर्फ जताततै सिटामोलको अभाव छ भन्ने हल्ला फैलिएपछि धेरै मान्छेले आवश्यकताभन्दा बढी किनेर घरमै थन्क्याएर राखे ।’ कच्चा पदार्थमा मूल्य वृद्धिकासाथै अनावश्यक औषधि किन्नाले सिटामोलको अभाव भएको उनको तर्क छ ।

    सिटामोलको अभाव भएपछि बजार अनुगमन पनि गरिएको प्रवक्ता डा.केसीले बताए । ‘बजारमा अभाव हुन नदिनको लागि उत्पादन गर्ने कम्पनिलाई निर्देशन दिइएको छ’, प्रवक्ता डा.केसी भन्छन्, ‘कोरोनाकालमा जस्तो अभाव त हुँदैन ।’

    कच्चा पदार्थको मूल्य बढ्दा नाफा नहुने भएपछि उत्पादकर्ताले सिटामोलको उत्पादन घटाएको उनको भनाइ छ । मूल्य संशोधनको लागि उत्पादककर्ताले पटक-पटक आग्रह नगरेका हैनन् । तर, संशोधन त्यत्ति सहज छैन् । कोरोना कहरका बेला सर्वाधिक माग हुने सिटामोलको मूल्य बढाउने कुरै भएन ।

    अवस्था अनुकूल भएपछि वैज्ञानिक आधार र विधि बनाएर मूल्य पुनरावलोकन गर्ने गरी कुरा भएको केसीले जानकारी दिए । यसकासाथै अहिले अभाव देखिएकाले एकै जनालाई धेरै सिटामोल नदिन पनि आग्रह गरिएको उनले बताए । ‘उत्पादकलाई पनि देशभरि उपलब्ध हुनेगरी समानुपातिक रूपमा सिटामोल वितरण गर्न भनेका छौं,’ केसीले भने ।  

    बजारमा किन भयो सिटामोल अभाव ?

    सरकारले २०६४ सालमा सिटामोलको मूल्य प्रतिगोटा १ रुपैंया तोकेको थियो । त्यसबेला सिटामोल बनाउने कच्चा पदार्थको मूल्य प्रतिकेजी ४१४ रुपैयाँ मात्र थियो । कच्चा पदार्थको मूल्य कम भएकाले नेपाली उत्पादकले नाफामै सिटामोलको कारोबार गरिरहेका थिए । हाल कच्चा पदार्थको मूल्य बढेर प्रतिकेजी १ हजार ४३६ नेपाली रुपैयाँ पुगेको छ । नेपाली व्यवसायीहरूले भारतीय बजारबाट कच्चा पदार्थ आयात गर्छन् ।

    भारतबाट आयात हुने कच्चा पदार्थको मूल्य प्रतिकिलो एक हजार बढ्यो तर नेपाली बजारमा बिक्री हुने सिटामोलको मूल्य भने संशोधन भएन । सिटामोलको मूल्य संशोधनमा ढिलाई हुँदा बजारमा अभाव भएको प्रवक्ता डा. केसीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # सिटामोल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology