Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

आजबाट सबै किसिमका मुद्दाको पेसी चढाइयो, १० इजलासमा ५९३ मुद्दा

आजबाट सबै किसिमका मुद्दाको पेसी चढाइयो, १० इजलासमा ५९३ मुद्दा

  • 466
    SHARES
  • आजबाट सबै किसिमका मुद्दाको पेसी चढाइयो, १० इजलासमा ५९३ मुद्दा

    काठमाडौं । न्यायाधीशको बहिस्कार र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेका बेला मंगलबार भने सबै किसिमको मुद्दाको पेसी चढाइएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेक १० वटा इजलास गठन गरेका छन् । मंगलबार पनि आफूलाई इजलास नतोकेका जबराले ५९२ मुद्दाको पेसी चढाएका हुन् । 

    गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधानलाई राजपत्रमा प्रकाशित गरिएको भोलिपल्ट मंगलबार सबै किसिमको मुद्दाको सुनुवाइ हुन लागेको हो । सर्वोच्च अदालतकै १९ जना न्यायाधीश इजलास बहिस्कार गरेर आन्दोलनमा उत्रिएका थिए भने नेपाल बार एसोसिएसन अहिले जबराको राजीनामा मागेर आन्दोलनमै छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij