Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कोभिडबाट मार्चसम्म युरोप र एशियामा थप ७ लाखको मृत्यु हुने डब्लूएचओको चेतावनी

कोभिडबाट मार्चसम्म युरोप र एशियामा थप ७ लाखको मृत्यु हुने डब्लूएचओको चेतावनी

  • मंसिर ८, २०७८ बुधवार ०९:०४ बजे
  • 380
    SHARES
  • कोभिडबाट मार्चसम्म युरोप र एशियामा थप ७ लाखको मृत्यु हुने डब्लूएचओको चेतावनी

    एजेन्सी, जेनेभा । कोभिड-१९ बाट युरोप र एसियामा मार्चसम्म थप सात लाख मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । सन् २०२२ को २२ मार्चसम्म ४९ देशका अस्पतालका आइसीयू बेड कोभिडका विरामीले भरिने डब्लूएचओले चेतावनी दिएको छ । कोभिडका कारण अहिलेसम्म युरोपमा १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

    images

    पछिल्लो समयमा युरोपमा कोभिड संक्रमण पुनः तीव्र देखिएको छ । कोभिडकै कारण अस्ट्रियामा लकडाउन गरिएको छ भने युरोपका अन्य देशहरुले प्रतिबन्धात्मक उपायहरु लागु गरेका छन् । 

    सरकारले लगाएका प्रतिबन्धात्मक व्यवस्थाको विभिन्न देशमा विरोध भइरहेको छ । आंशिक लकडाउन जारी भएपछि नेदरल्यान्ड्समा हिंसात्मक प्रदर्शन भएका छन् ।

    फ्रान्स, जर्मनी, ग्रीसलगायतका केही देशले आफ्ना नागरिकलाई बुस्टर डोज दिने तयारी गरिरहेका छन् । 

    युरोपमा ठूलो संख्यामा मानिसको मृत्युको मुख्य कारण कोभिड भएको डब्लूएचओले ठहर गरेको छ ।  

    युरोपमा कोभिडबाट दैनिक मृत्यु हुनेको संख्या अहिले चार हजार २०० नाघेको डब्लूचएओले जनाएको छ । रसियामा कोभिडबाट दैनिक १२ सय जनाको मृत्यु हुने गरेको छ । 

    अझै पनि युरोपको ठूलो जनसंख्याले खोप नलगाएको र डेल्टा भेरियन्टका कारण कोभिडबाट ज्यान जोगाउनेको संख्या बढ्दो छ ।

    डब्लूएचओका युरोप निर्देशक डा। हान्स क्लुग्ले खोप नलगाएका व्यक्तिलाई तत्काल खोप लगाउन आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # डब्लूएचओ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology